पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो कोटिहोम सुरु
पाेखरा | मंसिर १७, २०८१
पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ सुरु भएको छ ।
कोटिहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे ।
प्रदेश प्रमुख भट्टले यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले भने – ‘धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहन्छ । विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ ।’

यज्ञको उद्याटनमा ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि मुक्तीनाथ धाम बुटवलका संरक्षक लोकानत्द स्वामी, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, स्याङ्जाका संस्थापक अध्यक्ष चैतन्त्र कृष्णले संक्षिप्त धार्मिक प्रवचन दिएका थिए ।
यज्ञ संचालन नारी परिचालन उपसमिति संयोजक पार्वता पाण्डेले कोटिहोम संचालनको उदेश्यवारे जानकारी दिदै ढुङगेसाँघुको यो ठाउलाई धार्मिक स्थलको रुपमा विकास गर्ने योजना सुनाएकी थिइन् ।
प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको लागि आग्रह गरेका छन् ।
यज्ञ उद्घाटन पहिले पोखरा महानगरपालिका वडानम्बर १५ को कार्यालय अगाडीबाट यज्ञ स्थल ढुङगेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटसम्म कलय यात्रा निकालिएको थियो । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो ।
मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ । । कोटिहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।

धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।
यज्ञको दोस्रो दिन प्रमुख बाचक ढकालसहित दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गर्ने कार्यक्रम रहेको धामका कोषाध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

